Logo

जनता बैंकको रसुवामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर, ८४६ जनाको स्वास्थ्य परिक्षण

जनता बैंकको रसुवामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर, ८४६ जनाको स्वास्थ्य परिक्षण



काठमाडौं । जनता बैंकले रसुवाको २ स्थानमा ३ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

बैंकले रसुवाको नौकुण्ड तथा कालिका गाँउपालिकामा संचालन गरेको उक्त शिविरमा करिब ८ सय ४६ जनाले स्वस्थ्य परिक्षण गरेको बैंकले जानकारी दिएको छ ।

उक्त २ स्थानमा भएको शिविरमा स्त्री तथा प्रसूति रोग, छाला सम्बन्धि रोग र सामान्य स्वास्थ्य परिक्षण गर्नुका साथै ५४ जना आँखा विरामीको शिविर स्थलमै मोति बिन्दुको शल्यक्रिया गरेको छ । बैंकले मंसिर २५, २६ र २७ गते उक्त शिविर संचालन गरेको थियो ।

नेपाल नेत्र ज्योती संघ अन्तरर्गत भरतपुर आँखा अस्पताल र अल्का अस्पताल जावलाखेलको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सम्पन्न गरिएको बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL