Logo

ज्योति विकास बैंक र स्टार अस्पतालबीच सम्झौता, बैंकका ग्राहक र कर्मचारीलाई उपचारमा विशेष छुट

ज्योति विकास बैंक र स्टार अस्पतालबीच सम्झौता, बैंकका ग्राहक र कर्मचारीलाई उपचारमा विशेष छुट



काठमाडौं । ज्योति विकास बैंकले स्टार हस्पिटलसँग सहकार्यका लागि सम्झौता गरेको छ । बैंकले ललितपुरस्थित उक्त अस्पतालसँग आईतबार आफ्ना सेवाग्राहीलाई विशेष छुटमा सेवा प्रदान गर्ने विषयमा सम्झौता गरेको हो ।

उक्त सम्झौतापश्चात बैंकले आपm्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई उक्त अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सहकार्य गरेको छ ।

उक्त सम्झौतामा बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक श्ुाशिल कुमार शर्मा र अस्पतालका तर्फबाट सिओओ डा सन्देश जिसिले हस्ताक्षर गरेका हुन ।

बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाएर तथा र बैंकका कर्मचारीहरुले बैंकको परिचयपत्र देखाइ उक्त सुविधा लिन सक्ने बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL