Logo

सिटिजन्स बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त, भण्डारी सल्लाहकारमा रहने

सिटिजन्स बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त, भण्डारी सल्लाहकारमा रहने



काठमाडौं । सिटिजन्स बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेललाई नियुक्त गरेको छ ।

यस अघि सोही बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको पदमा रहेका उनलाई बैंकले सो पदमा नियुक्त गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको कार्यकाल समाप्त हुन लागेको भन्दै बैंकको यही मंसिर २८ गते बसेको संचालक समितिको बैठकले पोखरेललाई कामु कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

भण्डारीलाई भने बैंकिङ सेवाको आधारमा पुस १७ गते देखी लागूहुने गरी संचालक समितिको सल्लाहकारमा नियुक्त गर्ने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL