Logo

कामना सेवाविकास बैंकको शाखा न्युरोडमा, शाखा संख्या ६१ पुग्यो

कामना सेवाविकास बैंकको शाखा न्युरोडमा, शाखा संख्या ६१ पुग्यो



काठमाडौं । कामना सेवाविकास बैंकले काठमाडौंको न्युरोडमा शाखा विस्तार गरेको छ ।

बैंकले विस्तार गरेको उक्त शाखाको बैंकका अध्यक्ष दिप आचार्य संचालक विश्वेश्वर सुवेदी तथा कायम मुकायम प्रमूख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त उदघाटन गरेको बैंकले जानकारी दिएको छ ।

सोही अवसरमा अधिकृत बस्नेतले उपत्यकाका अन्य व्यापारिक केन्द्रहरुमा समेत शाखा विस्तार गर्दै सरल तथा सहज बैंकिङ सेवा उपलब्ध गराउने बताएका छन ।

बैंकले ६१ शाखा तथा १७ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाईल बैंकिङ, सि आश्वा लगाएतका सेवा समेत प्रदान गर्दे आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL