Logo

सेञ्चुरी बैंकको थप शाखा रहित बैकिङ सेवा, एकैदिन ३ स्थानमा नयाँ सेवा स्थापना

सेञ्चुरी बैंकको थप शाखा रहित बैकिङ सेवा, एकैदिन ३ स्थानमा नयाँ सेवा स्थापना



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले थप ३ स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले दोलखा जिल्लामा २ ओटा र इलाममा एउटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

बैंकले कालिन्चोक–५ दोलखा, सुरुी–३ दोलखा र इलाम नगरपालिका वडा न.– ९, भञ्ज्याङमा उक्त्त सेवा संचालनमा ल्याएको छ ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९५ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै उद्घाटन पश्चात् १२ वटा शाखारहित बैंकिङ गरी जम्मा १ सय २७ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL