Logo

साना किसानको ऋण मिनाहा गर्ने सरकारी निर्णय, २००, ५०० र २००० को भारु नचल्ने

साना किसानको ऋण मिनाहा गर्ने सरकारी निर्णय, २००, ५०० र २००० को भारु नचल्ने



काठमाडौं । सरकारले साना किसानहरुको ऋण मिनाहा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैंठकले कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधी मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

सोमबार भएको मन्त्रिपरिषद्को बैंठकले साना किसानको ऋण सरकारले नै तिरिदिने निर्णय गरेको जानकारी दिएका हुन् । साना किसानले कृषि विकास बैंकबाट २९ करोड रुपैयाँ भन्दा बढी ऋण लिएका छन् ।

साथै सो दिन बसेको मन्त्रिपरिषद्को बैंठकले २ सय रुपैयाँ दरको भारतीय नोट (आईसी) लाई समेत नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ । केही समय अघि मात्र भारले प्रचलनमा ल्याएको २ सय रुपैयाँको भारुलाई नेपालमा प्रतिवब्ध लगाउने निर्णय गरेको हो ।

साथै आगामी दिनमा २ सय ५ सय र २ हजारका भारतीय रुपैयाँलाई नेपालमा प्रचलनमा नल्याउन सूचना जारी गर्ने समेत उनले पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL