Logo

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, वुमन एक्ट लाई गर्याे आर्थिक सहयोग

सिटिजन्स बैंकको सामाजिक उत्तरदायित्व, वुमन एक्ट लाई गर्याे आर्थिक सहयोग



काठमाडौं । सिटिजन्स बैंकले बुमन एक्ट नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत उक्त संस्थालाई बुधबार उक्त सहयोग गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले १ लाख रुपैयाँको संस्थाका संचालक सृजना अधिकारीलाई हस्तान्तरण गरेका हुन ।

भुकम्प प्रभावित क्षेत्रका महिलाहरूलाई आर्थिक रूपले सबल बनाउनका निम्ति उक्त रकम प्रयोग गरिने संचालक अधिकारीले बताईन । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL