Logo

जनता बैंकका लगानीकर्तालाई साढे ८ प्रतिशत लाभांस, ६८ करोड वितरण गर्दै

जनता बैंकका लगानीकर्तालाई साढे ८ प्रतिशत लाभांस, ६८ करोड वितरण गर्दै



काठमाडौं । जनता बैंकले आफ्ना लगानीकर्तालाई ८ दशमलव ५० प्रतिशत नगद लाभास वितरण गर्ने भएको छ । बैंकले आफ्नो चुक्ता पूँजीको ८ दशमलव ५० प्रतिशतले हुन आउने ६८ करोड ६६ हजार रुपैयाँ नगद लाभास वितरण गर्ने भएको हो । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैंकले प्रस्ताव गरेको नगद लाभाँश रकम नेपाल राष्ट्र बैंकबाट प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिने बैंकले जानकारी दिएको छ ।

बैंकले अघिल्लो आर्थिक बर्षको असार मसान्तसम्म १ अर्ब २७ लाख रुपैयाँ कुल मुनाफा आर्जन गरेको थियो । जसमा वितरणयोग्य मुनाफा ६८ करोडा ६० लाख रुपैयाँ रहेको छ । साथै बैंकको कुल चुक्ता पूँजी भने ८ अर्ब रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL