Logo

४ बर्षपछि नेपालमै छापिनेछ नोट, २२ अर्ब लगानीमा बनाईदैछ आधुनिक प्रेस

४ बर्षपछि नेपालमै छापिनेछ नोट, २२ अर्ब लगानीमा बनाईदैछ आधुनिक प्रेस



काठमाडौं । अहिलेकै योजना अनुसार निर्माणको कामले गति लिएमा चार बर्षपछि नेपाली नोट नेपालमै छापिनेछ । हाल चीनमा छापिदैं आएका नेपाली नोटलाई स्वदेशमै छाप्ने तयारीमा सरकार जुटेको हो ।

हेटौंमा स्थापना हुने सुरक्षण मुद्रण  प्रेसमार्फत त्यस्ता नोट छापिने अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर कुमार ढुङ्गानाले जानकारी दिए । उनका अनुसार करिब २२ अर्ब रुपियाँमा त्यस्तो पे्रस स्थापना गर्न लागिएको ।

सुरक्षा र आधुनिक प्रविधिको सुविधा सहितको उक्त पे्रस नेपालमा स्थापित हालसम्मकै सबैभन्दा ठूलो प्रेस पनि हुनेछ । सुरक्षित पे्रसको अभावमा नेपालले अहिलेसम्म नोट र अन्तःशूल्क स्टिकर जस्ता महत्वपूर्ण बिलहरु विदेशमै छाप्न बाध्य छ । राज्यलाई बर्षमा ६० अर्ब रुपियाँभन्दा बढी राजस्वको आधार तयार गरिदिने अन्तःशूल्क स्टिकर हाल इन्डोनेसियामा छापिएको छ ।

हेटौंमा उक्त पे्रस बनेपछि नोटसहित अन्तःशूल्क पनि छापिने ढुङ्गानाले जानकारी दिए । उनका अनुसार राज्यका महत्वपूर्ण र सुरक्षित गर्नुपर्ने दस्तावेज पनि पनि सोही पे्रसबाट छाप्न सकिने छ । अहिले नेपालले एउटा प्याकेजमा अन्तःशूल्क स्टिकर छाप्नमात्र बर्षमा करिब ५६ करोड खर्च गर्दै आएको छ ।

नेपालमै पे्रस स्थापना भएपछि नोट र अन्तःशूल्क छपाईका लागि बाहिरिने रकम रोकिने र थप सुरक्षित हुने ढुङ्गाना बताउँछन् । उनका अनुसार उक्त प्रेस स्थापनाका लागि चालु आर्थिक बर्षको बजेटमै साढे ६ अर्ब रुपियाँ बजेट विनियोजन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL