Logo

राष्ट्रिय वाणिज्य बैंकको सामाजिक उत्तरदायित्व, वालवालिका पढाउन १० लाख सहयोग

राष्ट्रिय वाणिज्य बैंकको सामाजिक उत्तरदायित्व, वालवालिका पढाउन १० लाख सहयोग



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र टिच फर नेपाल बीच एक सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच सामुदायिक विद्यालयका स्वयम सेवक शिक्षकहरुको व्यवस्थापनको लागि १० लाख रुपैंया आर्थिक सहयोग गर्ने सम्बन्धमा उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिसिर खनालले हस्ताक्षर गरेका छन ।

सम्झौता कार्यक्रममा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक, सामाजिक तथा मानविय क्षेत्रमा सहयोग गरिरहेको र भविश्यमा थप सहयोग गर्दै जाने बताए ।

टिच फर नेपाल संस्थाले दाङ्ग, लमजुङ्ग, पर्सा, धनुषा, ललितपुर र सिन्धुपाल्चोक जिल्लामा रहेका ५१ वटा सामुदायिक विद्यालयका १ सय १० स्वयम सेवक शिक्षक मार्फत १० हजार विद्यार्थीहरुलाई अध्यापन गराई शैक्षिक गुणस्तर बृद्धिका लागि कार्य गर्दै आएको छ । उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्धय कविराज अधिकारी, सुशिल श्रेष्ठ, नायव महाप्रवन्धकहरु केसबप्रसाद लम्साल, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, विभागीय प्रमुखहरु, टिच फर नेपाल संस्थाका तर्फबाट प्रज्वल खड्काको उपस्थिती रहेको थियो ।

बैंकको हाल ७४ जिल्लामा २०८ वटा शाखा कार्यालय, १६५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । बैंकको हाल १ खर्व ७५ अर्व रुपैंया निक्षेप संकलन र १ खर्व २४ अर्व रुपैंया कर्जा लगानी रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL