Logo

एनएमबि बैंक र एफएनसिएसआइबीच सहमति, उद्योगीलाई वित्तीय साक्षरता कार्यक्रम

एनएमबि बैंक र एफएनसिएसआइबीच सहमति, उद्योगीलाई वित्तीय साक्षरता कार्यक्रम



काठमाडौं । एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग (एफएनसिएसआइ) बीच सहमति भएको छ । बैंक र एफएनसिएसआइबीच वित्तीय साक्षरता कार्यक्रम संचालन गर्न सहमति भएको बैंकले जानकारी दिएको छ ।

सहमतिअनुसार बैंकसँगको सहकार्यमा एफएनसिएसआईले लघु, साना तथा मझौला उद्यमहरुको पक्षमा केन्द्रित रहि वित्तीय साक्षरता कार्यक्रममा संचालन गर्ने भएको छ ।

उक्त कार्यक्रम मार्फत सहभागीहरुलाई आर्थिक श्रोत सुनिश्चित गर्ने र श्रोतको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिनेछ । उक्त वित्तीय साक्षरता कार्यक्रमबाट सहभागीहरुले प्रभावकारी आर्थिक निर्णयहरु लिन सक्षम हुने बैंकको अपेक्षा रहेको छ ।

उक्त सहमतिपत्रमा बैंकका प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र एफएनसिएसआईको महासचिव डम्बर प्रसाद रेग्मीले हस्ताक्षर गरेका छन ।

एनएमबि बैंकमा एफएमओ, नेदरल्याण्ड्ससँग १७ प्रतिशत लगानि रहेको छ । बैंक लगातार २०१७ र २०१८ को लागि ‘बैंक अफ दि एयर’ अवार्डबाट सम्मानित भएकोे छ । बैंकले १ सय १० शाखा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL