Logo

स्थानीय तहको ४० अर्ब ३ सरकारी बैंकमा सिमित, निजीमा एनआईसी एसियाले पायो साढे ३ अर्ब

स्थानीय तहको ४० अर्ब ३ सरकारी बैंकमा सिमित, निजीमा एनआईसी एसियाले पायो साढे ३ अर्ब



काठमाडौं । सरकारले बजारमा तरलता (लगानी योग्य रकम) ल्याउने उद्देश्य अनुरुप स्थानीय तहमा पठाएको रकम २८ वटा बाणिज्य बैंकमा पठाउने निर्णय गरेपनि उक्त रकम ३ वटा बैंकमा मात्र थुप्रिन पुगेको छ ।

अर्थ मन्त्रालयले यसै हप्ता निर्णय गर्दै स्थानीय तहको खातामा गएको मध्ये ५० प्रतशित रकम स्थानीय तहमा रहेका बाणिज्य बैंकको चल्ती खातामा राख्न पाउने व्यवस्था गरेको थियो । जसबाट बजारमा ४० अर्ब रुपैयाँ निक्षेप आएको थियो । जसमध्ये ७५ प्रतिशत रकम ३ वटा सरकारी बैंकमा थुप्रिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार सबैभन्दा बढी रकम पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकमा जम्मा भएको छ । सो बैंकमा ४० अर्ब रुपैयाँमध्ये १७ अर्ब रुपैयाँ जम्मा भएको छ । हाल बाणिज्य बैंकको स्थानीय तहमा नेटवर्क राम्रो भएकाले पनि सो बैंकको सबैभन्दा बढी रकम जम्मा भएको हो ।

यसैगरी सरकारी स्वामित्व रहेको नेपाल बैंकमा पनि ९ अर्ब रुपैयाँ जम्मा भएको छ भने कृषि विकास बैंकमा करिव ५ अर्ब रुपयाँ जम्मा भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसैगरी निजी क्षेत्रबाट संचालित बैंकमध्ये सबैभन्दा बढी रकम एनआईसी एसिया बैंकमा जम्मा भएको छ । सो बैंकमा करिव ४ अर्ब रुपैयाँ जम्मा भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यस्तै प्रभु बैंकमा २ अर्ब, एभरेष्ट र एसबीआई बैंकमा १÷१ अर्ब रुपैयाँ जम्मा भएको छ । तर, अन्य बाणिज्य बैंकहरुमा भने सामान्य रकम मात्र जम्मा भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL