Logo

पूर्वाधार विकास बैंकको सीईओमा अनिल ज्ञवाली नियुक्त, २ बर्षे कार्यकाल

पूर्वाधार विकास बैंकको सीईओमा अनिल ज्ञवाली नियुक्त, २ बर्षे कार्यकाल



काठमाडौं । नेपाल पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियुक्त भएका छन । सोमबार बसेको बैंक सञ्चालक समितिको बैठकले ज्ञवालीलाई आगामी २ वर्षको लागि नियुक्त गरेको हो । ज्ञवालीले अबको १ महिना पछि मात्र कार्यभार सम्हाल्ने छन् ।

जारी पुँजी २० अर्ब रहेको यस बैंकको चुक्ता पुँजी १२ अर्ब रूपैयाँ छ । बैंकले चुक्ता पूँजी २० अर्ब पुर्याउनका लागि ८ अर्ब रूपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ ।

नवनियुक्त सिईओ ज्ञवालीसँग बैंकिङ क्षेत्रमा तीन दशक काम गरेको अनुभव छ । बैंकिङ क्षेत्रमा अब्बल मानिने ज्ञवालीले नबिल बैंकबाट बैंकिङ करियस सुरु गरेका थिए । उनीसँग नबिल बैंक र ग्लोवल आईएमई बैंकको सिईओ भएर काम गरेका अनुभव छ भने भारतको सिटी बैंकमा काम गरेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL