Logo

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, पहिरोपिडितलाई नगद सहयोग

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, पहिरोपिडितलाई नगद सहयोग



काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत पहिरो पिडितलाई नगद सहयोग गरेको छ ।

बैंकले गत भदौ १३ गते राती पहिरोमा परी ओखलढुङ्गा, ८ राङ्गादिपका पुर्ण राई र निजको श्रीमती सहित ४ जनाको मृत्यु भएपछि उनका बाच्न सफल नाबालक छोराछोरीलाई सहयोगस्वरुप ५० हजार रुपैयाँको चेक प्रदान गरेको छ ।

बैंकले उक्त चेक मुक्तिनाथविकास बैंक कारामपुर, ओखलढुङ्गाकी शाखाप्रमुख रुपा राईले राङ्गादिप काठमाण्डौं समाजका सचिव महेश कुमार राईलाई हस्तान्तरण गरेकी हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL