Logo

जनता बैंकको शाखा ताप्लेजुङको फक्त्ताङलुङमा, शाखा संख्या १२७ पुग्यो

जनता बैंकको शाखा ताप्लेजुङको फक्त्ताङलुङमा, शाखा संख्या १२७ पुग्यो



काठमाडौं । जनता बैंकले ताप्लेजुङको फक्त्ताङलुङ गाउँपालिकामा शाखा विस्तार गरेको छ ।

फक्त्ताङलुङ गाउँपालिका वडा नं. ५ तापेथोकमा सोमबारबाट संचालनमा ल्याइएको उक्त शाखा बैंकको १२७ औं शाखा भएको बैंकले जानकारी दिएको छ ।

उक्त शाखा संचालनमा आए पछि त्यस क्षेत्रका व्यापारी, उद्यमी र सर्बसाधारणले सहजरुपमा वित्तीय सेवा प्राप्त गर्न सक्ने बैंकले विश्वास लिएको छ । साथै उक्त शाखा मार्फत निक्षेप, कर्जा, रेमिटान्स लगाएत सम्पूर्ण आधुनिक बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन ।

बैंकले १ सय २७ शाखा ७२ एटिएम २ एक्स्टेनसन काउन्टर तथा ४५ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL