Logo

शोधनान्तर घाटा साढे ३५ अर्ब पुग्दा चालू खाता घाटा ८२ अर्ब पुग्यो, अमेरिकी डलरको सञ्चिती घट्यो

शोधनान्तर घाटा साढे ३५ अर्ब पुग्दा चालू खाता घाटा ८२ अर्ब पुग्यो, अमेरिकी डलरको सञ्चिती घट्यो



काठमाडौं । चालू आर्थिक बर्षको पहिलो ३ महिनामा सोधनान्तर घाटा बढेर ३५ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । गत आबको सोही अबधिमा शोधनान्तर खाता ४ अर्ब २७ करोड रुपैयाँले बचतमा रहेकोमा चालू आबमा निरन्तर ओरालो लागेको हो ।

पछिल्लो समय देशमा आयात उच्च र निर्यात एकदमै न्युन हुँदै गएपछि देशको शोधनान्तर बचतमा पनि असर पुर्याएको छ । देशमा भित्र्ने रेमिटान्स वृद्धिदर उच्च भएपनि शोधनान्तर घाटा चुलिँदै गएपछि त्यसले देशको समग्र अर्थतन्त्रलाई नै दबाबमा पारेको छ । चालू आबको असोजसम्ममा आयात ४३ शदमलव ६५ प्रतिशते वृद्धि हुँदा निर्यात १६ दशमलव १५ प्रतिशतले मात्र बढेको छ ।

यसैगरी समीक्षा अवधिमा चालु खाता घाटा विस्तार भई ८१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ अर्ब ५२ करोड रुपैयाँ मात्र रहेको थियो ।

चालू आबको पछिल्लो ३ महिनामा विदेशी विनिमय सञ्चिती सामान्य बढेपनि अमेरिकी डलको सञ्चितीमा भने गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आबको ३ महिनामा विदेशी विनिमय सञ्चिति १ दशमलव ७ प्रतिशतले बढेर ११ खर्ब २ अर्ब ५९ करोडबाट बढेर ११ खर्ब २० अर्ब ९२ करोड पुगेको छ ।

तर, सो अबधिमा अमेरिकी डलरको सञ्चितीमा भने ५ दशमलव २ प्रतिशतले गिरावट आई ९ अर्ब ५६ करोड रुपैयाँमा झरेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा ९ खर्ब ८९ अर्ब ६४ करोड रहेको छ भने बैंक तथा वित्तीय संस्थाहरूमा १ खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ रहेको छ । सो अबधिमा भारतीय मुद्राको सञ्चितीमा २३ दशमलव २ प्रतिशत रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL