Logo

 ग्लोबल आइएमई र बयोधा अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा छुट 

 ग्लोबल आइएमई र बयोधा अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई अस्पतालको सेवामा छुट 



काठमाडौं । ग्लोबल आइएमई बैंक र बयोधा अस्पतालबीच सम्झौता भएको छ । बिहीबार एक कार्यक्रमका बीच अस्पताल र बैंकबीच विभिन्न सेवा तथा सुविधाहरुमा छुट दिने विषयमा सम्झौता भएको हो ।

उक्त सम्झौतामार्फत बैंकका ग्राहकले बयोधा अस्पतालमा उपचार गराएवापत विभिन्न सेवा तथा सुविधामा विशेष सहायता पाउने भएका छन ।  उक्त सम्भौतापत्रमा बयोधा अस्पतालका महाप्रबन्धक सञ्चालन उत्तम थापा र ग्लोबल आइएमई बैंकका कार्ड बिक्रि, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका हुन ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

उक्त सम्झौता पश्चात बयोधा अस्पताल, बल्खुमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ७ प्रतिशत सम्म छुट पाउने छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL