Logo

सानिमा जनरल र मुक्तिनाथ बैंकबीच सम्झौता, बैंकमार्फत बीमा सेवा

सानिमा जनरल र मुक्तिनाथ बैंकबीच सम्झौता, बैंकमार्फत बीमा सेवा



काठमाडौं । सानिमा जनरल ईन्स्योरेन्स र मुक्तिनाथ विकास बैंक बीच एक सम्झौता भएको छ । मंगलबार एक कार्यक्रममा कम्पनी र बैंकबीच निर्जीवन बीमा सेवा प्रदान गर्ने सम्बन्धमा सम्भौता भएको हो ।

उक्त सम्झौता अनुसार कम्पनीले आफ्ना सेवाहरु बैंकको विभिन्न शाखाहरुमार्फत प्रदान गर्ने भएको छ । उक्त सम्झौताको सम्झौतापत्रमा सानिमा जनरल ईन्स्योरेन्सका नायव महाप्रवन्धक सुबोधलाल श्रेष्ठ र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेलले हस्ताक्षर गरेका हुन ।

अधिकृत पूँजी १ अर्ब ५ करोड रहेको कम्पनीको जारी पूँजी १ अर्ब र चुक्ता पूँजी ७० करोड रहेको छ । कम्पनीले आगामी आर्थिक बर्षभित्र ३० करोड बराबरको शेयर सर्वसाधारणका लागि जारी गरि चुक्ता पूँजी १ अर्ब पुर्याउने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL