Logo

एलआइसी र एनआईसी एशिया बीच सम्झौता, बैंकले इन्स्योरेन्सको बीमा पोलिसी बेच्ने

एलआइसी र एनआईसी एशिया बीच सम्झौता, बैंकले इन्स्योरेन्सको बीमा पोलिसी बेच्ने



काठमाडौं । एनआईसी एशिया बैंक र लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी) बीच एक सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच बैंकले बीमा सुविधा दिने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता अनुसार अब एनआईसी एशिया बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका २ सय ६५ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशनको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन ।

उक्त सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदरले हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL