Logo

४० अर्ब बराबरका १ सयका नोट छाप्दै राष्ट्र बैंक, गर्याे टेन्डर आह्वान

४० अर्ब बराबरका १ सयका नोट छाप्दै राष्ट्र बैंक, गर्याे टेन्डर आह्वान



काठमाडौं । नेपाल राष्ट्र बैंकले करिब ४० अर्ब बराबरका ४० करोडओटा १ सय मानका नोटहरु छाप्नका लागि टेन्डर आह्वान गरेको छ ।

बैंकको मुद्रा व्यबस्थापन विभागले यो बर्षको बजेटमा छुट्याए बमोजिम १ सय मानको सो मूल्यमा नोटहरु छाप्नका लागि टेन्डर आह्वान गरेको हो ।

बैंकले योग्य आवेदकले उक्त नोट छाप्नका लागि प्रधान कार्यलय थापाथलीमा आवेदन दिन सकिने जानकारी दिएको छ । यस्तै बैंकले उक्त आवेदन भर्ने म्याद आवेदन खुलेको दिनदेखि ३० दिनसम्मको राखेको छ । जसको आवेदन दिनका लागि २० हजार नेपाली रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL