Logo

एनआईसी एसिया बैंकका लगानीकर्तालाई बोनस सेयर, यस्तो छ बोनस प्रस्ताव

एनआईसी एसिया बैंकका लगानीकर्तालाई बोनस सेयर, यस्तो छ बोनस प्रस्ताव



काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने भएको छ ।

बैंक संचालक समितिको शुक्रबार बसेको बैंठकले लगानीकर्तालाई उक्त बोनस सेयर दिने निर्णय गरेको हो । साथै बैंकले बोनस सेयरको कर प्रयोजनार्थ लाग्ने नगद लाभांस समेत दिने भएको छ ।

संचालक समितले प्रस्ताव गरेको बोनस सेयरलाई स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने भएको छ । राष्ट्र बैंकबाट स्वीकृत भएर आएपश्चात बैंकको आगामी दिनमा बस्ने साधारणसभाबाट पारित गरेर वितरण गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL