Logo

राष्ट्र बैंकमा ११६ जनाको लागि रोजगारी खुला, सहायकदेखि अधिकृतसम्म माग

राष्ट्र बैंकमा ११६ जनाको लागि रोजगारी खुला, सहायकदेखि अधिकृतसम्म माग



काठमाडौं । नेपाल राष्ट्र बैंकले १ सय १६ जना कर्मचारी माग गरेको छ । बैंकले आज सुचना प्रकाशित गर्दै सहायक द्धितियदेखि सहायक निर्देशकसम्मका कर्मचारी माग गरेको हो ।

बैंकले सबैभन्दा बढी प्रशासनतर्फतको सहायक पदमा ६८ जना कर्मचारी माग गरेको छ भने दोस्रोमा प्रशासनतर्फकै सहायक निर्देशक पदमा २१ जना माग गरेको छ ।

यसैगरी सुचना प्रबिधि सहायकमा १३ जना, सहायक निर्देशक चाटर्ड एकाउण्टेण्टमा १० जना र वाणिज्य कानुनतर्फकै सहायक निर्देशकमा २ जना माग गरेको हो ।

सो पदका लागि अनलाईनमार्फत मंसिर १९ गतेसम्म आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर मंसिर २६ गतेसम्म दरखास्त दिने सकिनेछ । ,

प्रतिक्रिया दिनुहोस्
MBL