Logo

ग्लोबल आईएमई र एशियन लाइफ बीच सम्झौता, बैंकबाटै बीमा पोलिसी खरिद गर्न सकिने

ग्लोबल आईएमई र एशियन लाइफ बीच सम्झौता, बैंकबाटै बीमा पोलिसी खरिद गर्न सकिने



काठमाडौं । ग्लोबल आइएमई बैंक र एशियन लाइफ इन्स्योरेन्स बीच सम्झौता भएको छ । मंगलबार ग्लोबल आईएमई बैंकका १ सय ३२ वटै शाखाहरुमार्फत एशियन लाईफको बीमा पोलिसी किन्न पाईने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पश्चात एशियन लाईफका बीमा पोलिसीहरु ग्लोबल आईएमई बैंकबाट खरिद गर्न पाईने भएको छ ।

सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र एशियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

बैंकले हाल १ सय ३२ वटा शाखा, १५ वटा राजश्व संकलन काउण्टर, १ सय ४० एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा १ सय ४ शाखा रहित बैंकिङ सेवा मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL