Logo

खराब कर्जा घट्दा ग्लोबल आइएमई बैंकको नाफा ५२ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानीमा सुधार

खराब कर्जा घट्दा ग्लोबल आइएमई बैंकको नाफा ५२ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानीमा सुधार



काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ५१ करोड ७६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत आबको सोही अबधिको तुलनामा ५२ प्रतिशतभन्दा बढी हो । बैंकले गत आबको सोही अबधिमा कुल ३३ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

बैंकले सो अबधिमा १ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९९ अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८८ करोड रुपैयाँ छ भने जगेडा कोषमा ५ अर्ब ७३ करोड रुपैयाँ जम्मा भएको छ ।

बैंकले सो अबधिमा आफ्नो खराब कर्जा घटाएर कुल कर्जा प्रबाहको १ दशमलव ०५ प्रतिशतमा झारेको छ । यसैगरी प्रति सेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आबको सोही अबधिमा प्रति सेयर आम्दानी १९ रुपैयाँ ४५ पैसा रहेको सो बैंकको हाल बढेर २४ रुपैयाँ ११ रुपैयाँ पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL