Logo

सिटिजन्स बैंक र बयोधा अस्पतालबीच सम्झौता, कार्डबाहक ग्राहकलाई उपचारमा विशेष छुट

सिटिजन्स बैंक र बयोधा अस्पतालबीच सम्झौता, कार्डबाहक ग्राहकलाई उपचारमा विशेष छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र बयोधा अस्पतालबीच छुट सम्झौता भएको छ । अस्पताल र बैंक बीच भएको सम्झौता अनुसार बैंककाग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट पाउने भएको हो ।

बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले तथा अस्पतालका संचालन बिभागका जनरल म्यानेजर उत्तम थापाले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौता पछि बैंकका डेबिट÷क्रडिट कार्डवाहक तथा कर्मचारीहरुले उक्त अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउने भएकाले बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

बैंकले ८० शाखा, ७५ एटिएम तथा ९९ वटा शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा लगायतको सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL