Logo

महालक्ष्मी विकास बैंक र सूर्य लाइफबीच बैंकान्स्योरेन्स सम्झौता, बैंक मार्फत सम्पूर्ण बीमा सेवा

महालक्ष्मी विकास बैंक र सूर्य लाइफबीच बैंकान्स्योरेन्स सम्झौता, बैंक मार्फत सम्पूर्ण बीमा सेवा



काठमाडौं । महालक्ष्मी विकास बैंक र सूर्य लाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने उद्देश्यले सो सम्झौता गरेको बैंकले जानकारी दिएको छ ।

महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौता अनुसार ग्राहकहरुले बैंकबाट उक्त कम्पनीको जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी, दावी भुक्तानी लगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्नेछन ।

बैंकको चुक्ता पुँजी २ अर्ब ८४ करोड रुपैयाँ रहको छ भने बैंकले हालसम्म २६ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL