Logo

अब विदेश जाँदा १५ सय डलर मात्र बोक्न पाईने, टीटीबाट सामान आयात गर्दा पाईने सुविधा घट्यो

अब विदेश जाँदा १५ सय डलर मात्र बोक्न पाईने, टीटीबाट सामान आयात गर्दा पाईने सुविधा घट्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले डलरको सटही सुविधा घटाएको छ । राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै टीटीबाट सामान खरिदगर्दा र विदेश भ्रमण जाँदा पाउने डलर सटही सुविधालाई घटाएको हो ।

राष्ट्र बैंकको निर्देशन अनुसार अबका दिनमा विदेश जाँदा १ हजार ५ सय अमेरिकी डलर मात्र सटही सुविधा पाईने छ । यस अघि यस्तो सुविधा २ हजार ५ सय डलर रहेको थियो ।

यसैगरी राष्ट्र बैंकले टीटीबाट सामान आयात गर्दा पाउने डलर सटही सुविधालाई पनि २५ प्रतिशतले कटौती गरेको छ । यस अघि टीटीबाट सामान आयात गर्दा ४० हजार डलरसम्म सटही सुविधा दिँदै आएकोमा त्यसलाई कटौती गर्दै ३० हजार डलरमा झारेको छ ।

साथै टीटीमार्फत २५ हजार डलरभन्दा बढी सटही सुविधा उपलब्ध गराउँदा सम्बन्धित व्यक्तिको विजनेश क्रेडिविलिटी इन्फरमेशन समेत राख्नु पर्नेछ । यसरी रकम प्रदान गर्दा एक पटकको टीटीको सामान सिपमेन्ट नभएसम्म अर्को टीटी लगाउनका लागि समेत डलर सुविधा नदिईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL