Logo

एनआईसी एशियाको भाईटिका अफर, मोबाईल बैकिङबाट पैसा पठाउँदा १०० रुपैयाँ बोनस

एनआईसी एशियाको भाईटिका अफर, मोबाईल बैकिङबाट पैसा पठाउँदा १०० रुपैयाँ बोनस



काठमाडौं । एनआईसी एशिया बैंकले ‘सोच बदलौं भाइटिकाको उपहारस्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने अफर सार्वजनिक गरेको छ ।

उक्त अफर अन्तरर्गत बैंकले ग्राहकलाई १ सय रुपैयाँ बोनस उपलब्ध गराउनेछ । बैंकले भाइटिकाको अवसरमा ग्राहकले दक्षिणा स्वरुप प्राप्त गरेको रकम माबाईल बैंकबाट रकम ट्रान्सफर गर्दा उक्त १ सय रुपैयाँ बोनस रकम प्राप्त गर्ने भएको हो ।

साथै बैंकले आउँदै गरेको तिहारको अवसरमा ‘नछुटोस् छुट पाउने मौका’ भन्ने नाराका साथ सामान खरिदमा मोबाईल बैकिङ तथा क्युआर कोडबाट कारोबार गर्दा ५ प्रतिशत वा ५ सय रुपैयाँ सम्म छुट पाउने भएको छ ।

बैंकले २ सय ६५ शाखा, २ सय ६५ एटिएम, २७ एक्सटेन्सन काउण्टर तथा १८ वटा शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दे आईरहेको छ ।

बैंकको वासलातको आकार २ खर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब १ अर्ब ६७ करोड रुपैयाँ तथा कर्जा १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL