Logo

एनआईसी एशियाको शाखा मोरङको लेटाङमा, शाखा संख्या २६४ पुग्यो

एनआईसी एशियाको शाखा मोरङको लेटाङमा, शाखा संख्या २६४ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले मोरङको लेटाङमा शाखा विस्तार गरेको छ ।

बैंकले विस्तार गरेको उक्त शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले उदघाटन गरेका छन ।

उदघाटनमा बोल्दै ढुंगानाले दुर्गम तथा ग्रामीण भेगमा विस्तारित शाखाले राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पुर्याएको बताएका छन ।

बैंकले २ सय ६४ शाखा, २ सय ६४ एटिएम, २७ एक्सटेन्सन काउण्टर तथा १८ शाखा रहित बैंकिङ ईकाई मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार २ खर्ब रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ अर्ब ६८ करोड रुपैयाँ तथा कर्जा १ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL