Logo

राष्ट्र बैंक र वाणिज्य बैंकबीच सम्झौता, वाणिज्य बैंक मार्फत राष्ट्र बैंकको दरखास्त आवेदन

राष्ट्र बैंक र वाणिज्य बैंकबीच सम्झौता, वाणिज्य बैंक मार्फत राष्ट्र बैंकको दरखास्त आवेदन



काठमाडौं । अब नेपाल राष्ट्र बैंकको विज्ञापनमा आवेदन दिँदा वाणिज्य बैंक मार्फत दिन पाईने भएको छ । दरखास्त दिने आवेदकहरुले वाणिज्य बैंकको अनलाईन प्रविधि मार्फत दरखास्त फारम भर्न मिल्ने भएका हुन ।

नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक बीच विहीबार उक्त सम्झौता भएको हो ।

उक्त सम्झौता पश्चात राष्ट्र बैंकले नयां जनशक्ती भर्नाको लागि माग गर्ने विज्ञापनमा आवेदन गर्दा दरखास्त फारम अनलाइन प्रविधि मार्फत भर्नुपर्ने व्यबस्था मिलाएको छ ।

साथै सो आवेदनकोे दरखास्त शुल्क राष्ट्रिय वाणिज्य बैंकको इन्टरनेट बैंकिङ वा मोवाइल बैंकिङ अथवा इसेवा डिजिटल सेवा मार्फत बैंकमा रहेको नेपाल राष्ट्र बैंकको खातामा सिधै रकम जम्मा हुने छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको समुपस्थितिमा भएको सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पिताम्बर भण्डारी र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL