Logo

जनता बैंक र एक्सिस बैंक भारतबीच सम्झौता, जनता बैंकको रेमिट सेवा भारतबाट

जनता बैंक र एक्सिस बैंक भारतबीच सम्झौता, जनता बैंकको रेमिट सेवा भारतबाट



काठमाडौं । जनता बैंकले भारतबाट रेमिटान्स सेवा संचालनमा ल्याएको छ । बैंकले भारतमा रहेका नेपालीहरुले सहजरुपमा नेपालमा आफ्नो कमाई पठाउन सहज होस भन्ने उद्देश्यले उक्त सेवा संचालनमा ल्याएको हो ।

भारतको एक्सिस बैंक र जनता बैंक बीच भएको सम्झौता अनुसार भारतमा रहेका नेपालीले जनता रेमिट मार्फत नेपालमा रहेका आफ्ना आफन्त वा सिधै आफ्नो खातामा रकम पठाउन सक्नेछन ।

रेमिटान्स कारोबारको लागि एक्सिस बैंकको भारतमा रहेका सबै शाखा मार्फत जनता रेमिटमा पैसा पठाउन सकिने बैंकले जानकारी दिएको छ । भारतबाट पठाएको पैसा बैंकको शाखा बाहेक सम्सारा, आईपे, बूम, जिएमई र सेवा रेमिटबाट समेत भुक्तानी लिन सकिने बैंकले जानकारी दिएको छ ।

बैंकले मलेशिया, कुवेत, कतार, ओमान र युएईबाट समेत जनता रेमिट शुरु गर्ने बैंकले जानकारी दिएको छ । बैंकले १ सय २६ शाखा, ४० शाखा रहित बैंकिङ सेवा,२ सिमित बैंकिङ ईकाई, २ एक्सटेन्सन काउण्टर र ७१ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL