Logo

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, मृतक ग्राहकको कर्जा मिनाहा रकम फिर्ता

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायित्व, मृतक ग्राहकको कर्जा मिनाहा रकम फिर्ता



काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकको कर्जा मिनाहा र रकम फिर्ता गरेको छ ।

बैंकले कर्जा लिएर अकस्मात मृत्यु भएका परिवारलाई १ लाख ७१ हजार रकम फिर्ता र १ लाख ३१ हजार कर्जा मिनाहा गरेको हो ।

क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रबन्धक बाबुराम ढकालले स्थानीय हेमन्ती गुरुङका छोरा सन्दीप गुरुङलाई बैंकलाई तिरि सकेको साँवा,ब्याज र क्रिया खर्च सहित ८० हजार १ सय ३० रुपैयाँ नगद फिर्ता गरेको छ ।

साथै उनले तिर्न बाँकी रहेको ३३ हजार ८ सय ३८ रुपैयाँ कर्जा मिनाहा पनि गरेको बैंकले जानकारी दिएको छ ।

त्यस्तै देउराली कास्की निवासी नेत्रहरी क्षेत्रीको अकस्मात निधन भएपछि बैंकलाई तिरि सकेको साँवा,ब्याज र क्रिया खर्च सहित ६७ हजार ६ सय ८२ रुपैयाँ नगद फिर्ता र तिर्न बाँकी रहेको ७६ हजार ८ सय ८८ रुपैयाँ कर्जा मिनाहा गरेको छ ।

यसका साथै पुतलिबजार नगरपालिका टक्सार स्याङजा निवासी स्व.मनसुवा गुरुङले तिरिसकेको साँवा,ब्याज र क्रिया खर्च सहित २३ हजार ७ सय ९१ रुपैयाँ नगद फिर्ता गर्नुका साथै तिर्न बाँकी रहेको २९ हजार ५ सय ८६ रुपैयाँ मिनाहा गरेको बैंकले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL