Logo

ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा भक्तपुरको सरस्वतीस्थानमा, सेवा संख्या १०४ पुग्यो

ग्लोबल आइएमईको शाखारहित बैंकिङ सेवा भक्तपुरको सरस्वतीस्थानमा, सेवा संख्या १०४ पुग्यो



काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै भक्तपुरको सरस्वतीस्थानमा उक्त नयाँ सेवा संचालनमा ल्याएको हो ।

उक्त नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएसँगै बैंकको सेवा संख्या १ सय ४ पुगेको छ ।

उक्त शाखारहित बैंकिङ सेवाको उद्घाटन भक्तपुर जिल्लाका सहायक सिडिओ जय कुमार घिमिरेले गरेका हुन ।

सरस्वतीस्थानमा खोलिएको सेवाको लागि स्थानिय गौरव तिमल्सिनालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।

ग्लोबल आइएमई बैंकले हाल देशभरका १ सय ३२ शाखा, १ सय ४० एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ वटा राजश्व संकलन काउण्टर र १ सय ४ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL