Logo

राष्ट्रिय वाणिज्य बैंकको दशैं योजना, ९ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिने

राष्ट्रिय वाणिज्य बैंकको दशैं योजना, ९ प्रतिशत ब्याजदरमा सवारी कर्जा दिने



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले दशैंका लागि नयाँ योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तरगत बैंकले ९ प्रतिशत ब्याजदरमा नयां गाडी कर्जा सुविधा दिने भएको हो ।

बैंकका अनुसार गाडीको कोटेशनमा अंकित मुल्यको बढिमा ६५ प्रतिशत वा ५० लाख रुपैयाँमध्ये जुन कम हुन्छ सो रकम कर्जा लगानी गरिने छ ।
कर्जा अवधि ५ वर्ष सम्म भएमा ९ प्रतिशत र ५ वर्ष भन्दा बढि कर्जा अवधि भएमा ९ दशमलव ५ प्रतिशत ब्याजदर लागु हुने छ । बढिमा ७ वर्ष सम्म कर्जा अवधि दिइने उक्त योजना २०७५ कार्तिक मसान्त सम्म मात्र लागु हुने बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL