Logo

शनिवार पनि बैंकको राजस्व काउण्टर खुला राख्न राष्ट्र बैंकको निर्देशन, क्लियरिङ हाउस पनि खुला

शनिवार पनि बैंकको राजस्व काउण्टर खुला राख्न राष्ट्र बैंकको निर्देशन, क्लियरिङ हाउस पनि खुला



काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिवार पनि बैंक खुला राख्न निर्देशन दिएको छ । राष्ट्र बैंकले राजस्व बुझ्ने बैंकका शाखाहरु शनिवारका दिन पनि खुला राख्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले राजस्व जम्मा र दाखिला गरी चेक क्लियरिङ गर्नका लागि राजस्व बुझ्ने सबै बैंक वित्तीय संस्थाका शाखाहरु र नेपाल क्लिरिङ हाउस समेत विदाका दिन पनि नियमित झै खुला गर्न निर्देशन दिएको हो । सोही अनुसार राजस्व बुझ्ने बैंकका सबै शाखा र क्यिरिङ हाउस यही २७ गते शनिवार खुला राख्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL