Logo

आईएमएफले भन्यो, ‘नेपालका बैंक वित्तीय संस्थाले खराब कर्जा लुकाए गलत विवरण सार्वजनिक गरे’

आईएमएफले भन्यो, ‘नेपालका बैंक वित्तीय संस्थाले खराब कर्जा लुकाए गलत विवरण सार्वजनिक गरे’



काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालको बैंक वित्तीय संस्थाले आफ्नो खराब कर्जा लुगाएको आरोप लगाएको छ ।

विशेषगरी बैंक वित्तीय संस्थाले आफ्नो संस्थाको अवस्था बलियो देखाउन विभिन्न तरिकाबाट खराब कर्जालाई लुकाएर ‘फेक’ वित्तीय विवरण सार्वजनिक गरेको आरोप लगाएको छ । आईएमएफले एक रिपोर्ट सार्वजनिक गर्दै हाल बैंक वित्तीय संस्थाले आफ्नो वित्तीय विवरणमा सार्वजनिक गरेको खराब कर्जाभन्दा बढी रहेको उक्त विवरणले औल्याएको छ ।

वाणिज्य बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार समग्रमा असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको खराब कर्जा २ प्रतिशतको हाराहारीमा छ । तर, वाणिज्य बैंकहरुको खराब कर्जा त्योभन्दा बढी रहेको आईएमएफले औल्याएको छ । विशेषगरी नेपालका बैंक वित्तीय संस्थाले आफुलाई राम्रो देखाउनका विभिन्न ५ वटा तरिबाट खराब कर्जा लुकाउने गरेको समेत आईएफएफको प्रतिवेदनले देखाएको छ ।

खराब कर्जालाई आर्थिक बर्षको अन्त्यमा आएर आफैले नविकरण गरिदिने, विभिन्न प्रक्रियाबाट खराब कर्जालाई अन्य शिर्षकमा राख्नेजस्ता गतल काम गर्दै बैंक वित्तीय संस्थाले खराब कर्जा कम देखाउने चलन बढेको समेत आईएमएफले जानकारी दिएको छ । ‘नेपालका बैंक वित्तीय संस्थाको खराब कर्जाको अनुपात बढी हुँदा पनि वित्तीय विवरणमा जालसाची गरेर कम देखाउने काम भइरहेको छ,’ उक्त रिपोर्टले भनेको छ, ‘जसका कारण भविश्यमा नेपालका बैंक वित्तीय संस्थामा संकट निम्तिन सक्छ ।’

आईएमएफले नेपालका सबै बर्गका बैंक वित्तीय संस्थाको खराब कर्जा हाल उनीहरुले प्रकाशित गरेको वित्तीय विवरणको भन्दा बढी रहेको दाबी गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL