Logo

मुक्तिनाथ विकास बैंकका दुई शाखा विस्तार, शाखा संख्या ९५ पुग्यो

मुक्तिनाथ विकास बैंकका दुई शाखा विस्तार, शाखा संख्या ९५ पुग्यो



काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई शाखा विस्तार गरेको छ । बैंकले झापाको विर्तामोड र सुनसरीको धरानमा मंगलबार शाखा विस्तार गरेको हो ।

बैंकले विस्तार गरेको बिर्तामोड शाखाको बिर्तामोड नगरपालिकाका मेयर धुर्ब कुमार शिवाकोटी र धरान शाखाको जिल्ला उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष राजेन्द्र शाहले उदघाटन गरेका छन ।

बैंकले ९५ शाखा तथा १७ एटिएम मार्फत आधुनिक, लघुवित्त तथा ग्रामिण बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिटान्स, बैंकान्स्योरेन्स, आस्वा, एटिएम कार्ड तथा एबिबिएस सेवा प्रदान गर्दै आईरहेको छ ।

साथै बैंकले आकर्षक विशेषता सहितको नगद फिर्ता आवास कर्जा योजना समेत संचालनमा ल्याएको जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL