Logo

एनएमवि बैंक र कर्जा बजारबिच सम्झौता, कर्जा सम्बन्धि सम्पुर्ण जानकारी लिन सकिने

एनएमवि बैंक र कर्जा बजारबिच सम्झौता, कर्जा सम्बन्धि सम्पुर्ण जानकारी लिन सकिने



काठमाडौं । एनएमवि बैंक र कर्जा बजार बिच सिम्झौता भएको छ । कर्जा बजार तथा एनएमवि बैंकबीच आईतबार एक कर्जा जानकारी दिने विषयमा सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार इच्छुक ग्राहकले सजिलै एनएमबि बैंकको कर्जा सम्बन्धी सम्पूर्ण जानकारी लिन सक्छन । ग्राहकले कर्जा बजारबाट कर्जाका लागि आवश्यक प्रक्रिया सुरु गरेर कर्जाको अवस्था पनि बुझ्न सक्नेछन । उक्त सुविधा एनएमबि भिषा क्रेडिट कार्डमा पनि उपलब्ध रहेको बैंकले जानकारी दिएको छ ।
इच्छुक ग्राहकले बैंकको रिटेल कर्जा (घर कर्जा, गाडी कर्जा, शैक्षिक कर्जा आदी ) सम्बन्धी विभिन्न सुविधा जस्तै व्याजदर र कर्जाको अवधिको बारेमा बजारमा उपलब्ध कर्जा सुविधासंग तुलना गर्न पनि सक्नेछन ।

सम्झौतामा एनएमबि बैंकका चिफ विजनेस अफिसर गोविन्द घिमिरे र कर्जा बजारका तर्फबाट फोनिक्स क्यापिटल का निर्देशक युरोपमान श्रेष्ठले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL