Logo

महालक्ष्मी विकास बैंकको शाखा कास्की र पर्सामा, थप शाखा विस्तार गर्दै

महालक्ष्मी विकास बैंकको शाखा कास्की र पर्सामा, थप शाखा विस्तार गर्दै



काठमाडौं । महालक्ष्मी विकास बैंकले कास्की र पर्सामा शाखा विस्तार गरेको छ ।

कास्कीको सिसुवा शाखाको उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले उदघाटन गरेका छन भने पर्साको श्रीपुर शाखाको विरगंज महानगरपालिकाका मेयर विजय सरावगीले उदघाटन गरेका हुन ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले नेपाली जनतामा वित्तीय पहुँच पुर्याउन बैंकले थप शाखाहरु विस्तार गर्दै जाने बताएका छन ।

बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड रुपैयाँ रहेको छ भने बैंकले हालसम्म करिब २६ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी २२ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले ७६ शाखा तथा ३५ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL