Logo

माछापुछ्रे बैंकको शाखा रहित बैकिङ सेवा इलाम र म्याग्दीमा, शाखारहित सेवा संख्या २९ पुग्यो

माछापुछ्रे बैंकको शाखा रहित बैकिङ सेवा इलाम र म्याग्दीमा, शाखारहित सेवा संख्या २९ पुग्यो



काठमाडौं । माछापुछ्रे बैंकले इलाम र म्याग्दीमा शाखा रहित बैकिङ सेवा संचालनमा ल्याएको छ ।

बैंकले इलामको साँखेजुङर र म्याग्दीको रघुगंगा गाँउपालिका स्थित राखु भगवतीमा थप २ शाखा रहित बैकिङ सेवा संचालनमा ल्याएको हो ।

थप शाखा सँगै बैंकको शाखारहित शाखा संख्या २९ पुगेको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटान्स सेवा साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्तै उपलब्ध गराउने भएको छ ।

बैंकले ८६ शाखा, २ एक्स्टेन्सन काउन्टर २९ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा १ सय १७ स्थान मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै, बैंकले ९९ एटीएम मार्फत समेत सेवा सञ्चालन गरिरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL