Logo

कर्मचारीलाई बैंकको सरह तलब सुविधा दिन ब्रोकर र मर्चेन्ट बैंकरलाई धितोपत्र बोर्डको निर्देशन, तलब बैंक खातामा

कर्मचारीलाई बैंकको सरह तलब सुविधा दिन ब्रोकर र मर्चेन्ट बैंकरलाई धितोपत्र बोर्डको निर्देशन, तलब बैंक खातामा



काठामाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकर र ब्रोकरलाई आफ्ना अफिसमा कार्यरत कर्मचारीलाई बैंक वित्तीय संस्थाको सरह तलब सुविधा दिन निर्देशन दिएको छ ।

अनुगमनको क्रममा कर्मचारीलाई कानुन संवतरुपमा काम नलगाएको, योग्यता अनुरुप तलव सुविधा नदिएको तथा कर्मचारी सेवा शर्त तथा विनियमावली समेत नरहेको पाईएपछि योग्यता र विशिष्टताको साथै वित्तीय क्षेत्रमा प्रदान गरिएको औषत सेवा सुविधा दिन निर्देशन दिएको हो ।

यसैगरी बोर्डले हाल देखिएको समस्या निराकरण गरी संस्थाको व्यवस्थापकीय क्षमता सुदृढ गर्दै ४५ दिनभित्र सेवा प्रवाहलाई थप प्रभावकारी बनाई सो सम्बन्धी जानकारी गराउन निर्देशन दिएको छ ।

वनाउन देहाय अनुसारको व्यवस्था गरी ४५ दिनभित्र बोर्डमा जानकारी गराउन मर्चेन्ट वैंकर तथा धितोपत्र दलालहरुलाई परिपत्र गरिएको छ । साथै नेपाल सरकारले हालै तोकेको न्यूनतम पारिश्रमिक सम्वन्धी कानूनी व्यवस्था अनुसार पारिश्रमिक लागू गर्दै संस्थामा कार्यरत सबै कर्मचारीलाई अनिवार्य रुपमा जिम्मेवारी तथा सेवा शर्त खुल्ने गरी नियुक्तिपत्र दिन निर्देशन दिएको छ ।

साथै कर्मचारी नियुक्ति, योग्यता, जिम्मेवारी, सेवा, शर्त तथा सुविधा सम्वन्धमा कर्मचारी सेवा शर्त विनियमावली तयार गरी लागू गर्न समेत बोर्डले निर्देशन दिएको छ । बोर्डको निर्देशन अनुसार अबका दिन कर्मचारीको तलब सुविधालाई अनिवार्य रुपमा बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL