Logo

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायीत्व, विद्यार्थिलाई छात्रवृत्ति प्रदान

मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायीत्व, विद्यार्थिलाई छात्रवृत्ति प्रदान



काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौं आएर पढ्न चाहने कालिकोट जिल्लाका एक विद्यार्थीलाई छात्रवृत्ति दिएको छ ।

बैंकले मंगलबार एक कार्यक्रमका बीच कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटलाई १ लाख बराबरको चेक हस्तान्तरण गरेको हो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सामुदायिक विद्यालयको विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न उक्त सहयोग गरेको जानकारी दिएको छ ।

समावेशीताको आधारमा गरीव, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवाशीलाई एसईई पास भई काठमाडांैंमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुलाई छात्रवृत्तिको लागी सहयोग गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त चेक मुक्तिनाथविकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले कर्णलीप्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटका अध्यक्ष टेक राज शाहीलाई हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL