Logo

पुनः संचालनमा आउँदै नारायणी डेभलपमेन्ट बैंक, सम्पुर्ण तयारी पुरा

पुनः संचालनमा आउँदै नारायणी डेभलपमेन्ट बैंक, सम्पुर्ण तयारी पुरा



काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक पुनः सञ्चालनमा आउने भएको छ । चितवनमा कार्यक्षेत्र रहेको सो बैंकले पुनः सञ्चालनका लागि राष्ट्र बैंक समक्ष निवेदन दिएको हो । राष्ट्र बैंकको स्वीकृति आएसँगै संचालनमा ल्याइने बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दा बैंकबाट प्रवाह भएका कर्जा अत्यन्तै जोखिमयुक्त रहेको, सर्वसाधारण निक्षेपकर्ता, लगानीकर्ताहरुको निक्षेप तथा लगानी को सुरक्षा गर्न बैंक असक्षम रहेको भनी १३ बुँदे निर्देशन जारी गरेको थियो । बैंकले राष्ट्र बैंकले दिएको पुरै निर्देशनमा सुधार गरी सञ्चालनका लागि राष्ट्र बैंकसमक्ष निवेदन दिइएको जानकारी दिएको छ ।

बैंकका अनुसार राष्ट्र बैंकले अत्यन्तै जोखिम युक्त भनेका कर्जाहरु ९५ प्रतिशत असुल भैसकेको छ । नयाँ लगानीकर्ता प्रवेश भै नयाँ संचालक समिति बनेपछि बैंकमा उल्लेख्यरुपमा सुधार आएको हो । सर्वसाधारण निक्षेपकर्ता तथा लगानीकर्ताहरुको अधिकार तथा हित संरक्षण गर्न बैंक सक्षम अवस्थामा पुगेको छ । राष्ट्र बैंकले सुधारका लागि दिएको समयावधिभित्र आफ्नो पूँजी पुर्याई बैंक संचालनको प्रक्रियामा रहेको छ ।

बैंकले आवश्यक साधारणसभाहरु पनि सम्पन्न गरिसकेको जानकारी दिएको छ । नयाँ संचालक समिति र बैंक ब्यवस्थापनको संयुक्त प्रयासले बैंकको पूँजीकोष अनुपात सीमाभित्र ल्याइसकिएको र समस्याग्रस्त बित्तीय संस्थाको सुचिवाट फुकुवा गरिदिन को लागी नेपाल राष्ट्र बैंकमा निवेदन समेत पेश गरिसकिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL