Logo

सेञ्चुरी बैंक र मेडिसिटी बीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा छुट

सेञ्चुरी बैंक र मेडिसिटी बीच सम्झौता, बैंकका ग्राहकलाई उपचारमा छुट



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नेपाल मेडिसिटीबीच सम्झौता भएको छ । बैंक र हस्पिटलबीच विभिन्न सेवा सुविधामा दिईने छुट सम्बन्धि सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार बैंकले आफ्ना क्रेडिट र डेबिट कार्डबाहक ग्राहकहरु तथा शेयरधनिहरुलाई सहुलियत प्रदान गर्ने भएको हो ।

बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शेयरधनिहरुले नेपाल मेडिसिटी अस्पतालका विभिन्न सेवा तथा सुविधाहरुमा विशेष सहुलियत पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र नेपाल मेडिसिटीका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL