Logo

डलरको मूल्य हालसम्मकै उच्च, वैदेशिक व्यापारमा ‘जे कर्भ’को खतरा, विओपीमा असर

डलरको मूल्य हालसम्मकै उच्च, वैदेशिक व्यापारमा ‘जे कर्भ’को खतरा, विओपीमा असर



काठमाडौं । केही समययता लगातार उकालो लागेको अमेरिकी आज हालसम्मै उच्च मूल्यमा कारोबार भइरहेको छ । बुधबार नेपाली मुद्रा हालसम्मकै अबमूल्यन भई अमेरिकी डलर १ बराबर १ सय १७ रुपैयाँ ७ पैसामा कारोबार भइरहेको छ ।

आयातमा निर्भर नेपाली अर्थतन्त्रमा डलरको मूल्य उच्च हुँदा नेपाल भित्रने बस्तुहरुको मूल्य बढ्न गई समग्र मुद्रास्फितीमा नै चाप पर्ने खतरा बढेको छ । साथै डलर मूल्य उच्च हुँदा नेपालको आयातमा ‘जे कर्भ’को खतर समेत बढेको छ । जसले गर्दा चालू खाता घाटा उच्च हुन गई भुक्तान सन्तुलन मै असर पार्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

नेपाली मुद्राको भारतीय मुद्रासँगको स्थिर विनिमय दर र पछिल्लो समय दैनिक रुपमा अमेरिकी मूल्यको तुलनमा भारतीय मूल्य कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामा पर्न गएको हो । डलर मूल्य बढ्दा वैदेशिक रोजगारीमा गएका कामदारलाई फाइदा भई नेपाल भित्रन् रेमिटान्स बढेपनि त्यसको तुलनामा नेपालको अर्थमन्त्रा बढी असर पर्ने नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख तथा कार्यकारी निर्देशक नरबहादूर थापा बताउँछन् ।

डलरको मूल्यमा बढ्दा नेपालबाट तेस्रो मुलुकमा निर्यात गर्ने निर्यातकर्तालाई फाइदा पुग्ने छ भने पर्यटन उद्योग पनि फस्टाउने छन् । तर, नेपालको निर्यातको हिस्सा एकदमै सानो र त्यसको तुलनामा आयात उच्च भएका कारण ठूलो असर पर्ने छ । साथै अहिले डलरको मूल्य बढ्दा यस बर्षको दशै तिहारमा समेत सामानको मूल्य बढ्ने भएको छ ।

यसका साथै डलरको मूल्य उच्च हुँदा सवारीसाधन, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान तथा अन्य दैनिक उपभोग्य बस्नुको मूल्य समेत उच्च रुपमा बढ्ने छ । यसैगरी विदेश अध्ययनका लागि गएका विद्यार्थीलाई समेत यसले ठूलो असर पार्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL