Logo

राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता, संचयकर्तालाई आधुनिक बैंकिङ सेवा

राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषबीच सम्झौता, संचयकर्तालाई आधुनिक बैंकिङ सेवा



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषबीच शुक्रबार एक सम्झौता भएको छ । बैंक र कोषबीच कोषका सञ्चयकर्तालाई कर्जा सापटी लगायतका विभिन्न सेवा प्रदान गर्न सम्झौता भएको बैंकले जानकारी दिएको छ ।

उक्त सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कोषका प्रशासक तुलसीप्रसाद गौतमले सो सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।

कार्यक्रममा श्रेष्ठले २ ठूला वित्तीय कारोबार गर्ने सरकारीे संस्थाहरुबीच भएको सम्झौताबाट सञ्चयकर्तालाई अझ प्रभावकारी ढंगबाट आधुनिक बैंकिङ सेवा प्रदान गर्न सकिने बताएका छन ।

कोषका प्रशासक गौतमलले हाल कोषमा करिब ६ लाख सञ्चयकर्ता रहेको र देशकै ठूलो बैंक र ठूलो फण्ड म्यानेजरबीचको सम्झौता बित्तीय क्षेत्रको सेवा प्रवाहमा कोशेढुङ्गा सावित हुने बताएका छन ।

सम्झौता पछि कोषले आफ्ना सञ्चयकहरुर्तालाई प्रदान गर्ने कर्जा सापटी, कोषको रकम भुक्तानी, विशेष सापटी तथा अन्य भुक्तानी बैंकको कर्पोरेट इन्टरनेट बैंकिङ डिजिटल सेवा मार्फत बैंकमा रहेको सञ्चयकर्ताको खातामा सिधै रकम जम्मा हुने छ ।

बैंकले ७४ जिल्लामा २ सय ६ शाखा, १ सय ३५ एटिएम र ९३ वटा शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL