Logo

एनआईसी एशिया र एशियन लाईफ बीच बैंकान्स्योरेन्स सम्झौता, एनआईसीको सबै शाखा मार्फत बीमा खरिद

एनआईसी एशिया र एशियन लाईफ बीच बैंकान्स्योरेन्स सम्झौता, एनआईसीको सबै शाखा मार्फत बीमा खरिद



काठमाडौं । एनआईसी एशिया बैंक र एशियन लाईफइन्स्योरेन्स बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले २ सय ४४ वटै शाखा मार्फत एशियन लाईफ इन्स्योरेन्सको जीवनबीमा पोलिसी खरिद गर्न सक्नेछन ।

बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठले सो सम्झौतामा आईतबार हस्ताक्षर गरेका छन ।

बैंकले २ सय ४४ शाखा, २ सय ३८ एटिएम, १४ एक्सटेन्सन काउण्टर तथा १८ वटा शाखारहित बैंकिङ मार्फत बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकको वासलातको आकार १ अर्ब ८६ करोड रुपैयाँ भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब १ अर्ब ५६ करोड रुपैयाँ रहेको छ भने बैंकको कर्जा १ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL