Logo

सेञ्चुरी बैंकको एटिएम धोबिघाटमा, एटिएम संख्या ५१ पुग्यो

सेञ्चुरी बैंकको एटिएम धोबिघाटमा, एटिएम संख्या ५१ पुग्यो



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ललितपुर स्थित सनराइज टावरमा एटिएम सेवा संचालनमा ल्याएको छ ।

बैंकले आफ्नो ग्राहकवर्गहरुको सेवामा थप विस्तार गर्ने उदेश्यले धोबिघाट, ललितपुरस्थित सनराइज टावरमा आईतबार देखी सो एटिएम संचालनमा ल्याएको हो ।

बैंकका सञ्चालक समितिका सदस्य राजेशराज दली र सनराइज टावर सोसाइटीका अध्यक्ष सुवर्ण बहादुर क्षेत्रीले संयुक्त रुपमा उक्त एटिएमको उदघाटन गर्दै संचालनमा ल्याएको जानकारी दिएका छन ।

बैंकको उक्त एटिएम उदघाटन सँगै ५१ स्थानबाट एटिएम सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखा र ६ एक्स्टेन्सन काउन्टर, उपत्यका बाहिर ९१ शाखा र २ वटा एक्स्टेन्सन काउन्टर तथा १० शाखारहित बैंकिङ गरी १ सय २१ शाखा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL