Logo

ज्योति विकास बैंकको शाखा नारायणगढमा, लघुकर्जा देखि हाइड्रो सम्ममा लगानी

ज्योति विकास बैंकको शाखा नारायणगढमा, लघुकर्जा देखि हाइड्रो सम्ममा लगानी



काठमाडौं । ज्योति विकास बैंकले चितवनको नारायणगढमा शाखा विस्तार गरेको छ । भरतपुर महानगरपालिका नारायणगढ, चितवनमा रहेको उक्त शाखाको नेपाल उद्योग बाणिज्य महासंघ, चितवनका अध्यक्ष सहनलाल प्रधानले शुक्रबार उदघाटन गरेका छन ।

कार्यक्रममा बोल्दै प्रधानले भने, बैंकको लगानी उत्पादन मुलक क्षेत्रमा हुनु पर्ने तथा प्रोजेक्ट सफल हुन बैकको सहयोग आबश्यक रहने बताएका छन । बैंकका अध्यक्ष हरिचन्द्र खड्काले बैंकले लघु कर्जा देखि हाइड्रो पावर को लागि ठुला कर्जा समेत लगानी गरी रहेको बताउँदै सामाजिक उत्तरदायित्व बहन लाई समेत महत्व दिएको जानकारी दिएका छन ।

बैंकले ६० शाखा कार्यालय तथा २० वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले यसै आर्थिक वर्ष भित्र थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने भएको छ ।

बैंकले २० अर्ब रुपैयाँ भन्दा बढि निक्षेप संकलन गरी १६ अर्ब रुपैयाँ लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी २ अर्ब ५९ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL