Logo

सिटिजन्स बैंकको एटिएम हुम्लामा, ७९ शाखा मार्फत बैंकिङ सेवा

सिटिजन्स बैंकको एटिएम हुम्लामा, ७९ शाखा मार्फत बैंकिङ सेवा



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले हुम्लामा एटिएम सेवा संचालनमा ल्याएको छ ।

बैंकले संचालनमा ल्याएको सो एटिएम मार्फत त्यस क्षेत्रका जनता लाभान्वित हुने विश्वास लिएका छन ।

बैंकले हाल ७९ शाखा, ७२ एटिएम तथा ९९ वटा शाखा रहित बैंकिङ मार्फत सेवा पैदान गर्दै आई रहेका छन ।

बैंकले ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिटान्स सेवा, बैंकान्स्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड, भिसा इन्टरनेसनल डलर कार्ड सेवा लगायतका सेवाहरु प्रदान गर्दै आई रहेका छन ।

साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने समेत बैंकले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL